इरानले फेरि बन्द गर्यो हर्मुजको जलडमरू, भन्यो– अमेरिकाले वाचा तोड्यो
- बैशाख ५, २०८३
- 0
काठमाडौं । इरानले फेरि हर्मुजको जलडमरूम बन्द गरेको छ । इरानले शुक्रबार खोलेको समुद्री जलमार्गमा फेरि प्रतिबन्ध लगाएको हो ।
इरानी सेनाले समुद्री मार्गमा कडा निगरानी पुनः सुरु गरिएको बताएको छ ।
इरानको सैन्य कमाण्डले एक विज्ञप्तिमा जारी गर्दै अमेरिकाले इरानी बन्दरगाहहरू पार गर्ने र छोड्ने जहाजहरूमा आफ्नो नौसेना नाकाबन्दी जारी राखेर आफ्नो वाचा तोडेको जनाएको छ ।
‘संयुक्त राज्य अमेरिकाले इरान जाने र आउने सबै जहाजहरूको लागि आवतजावतको स्वतन्त्रता पुनर्स्थापित नगरेसम्म होर्मुज जलडमरूको अवस्था पूर्ण नियन्त्रणमा रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
लेबनानमा हिजबुल्लाह र इजरायलबीच युद्धविराम भएपछि इरानले शुक्रबार होर्मुज जलडमरूम खोल्ने घोषणा गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]









