पहिरोका कारण बीपी राजमार्ग बन्द
- अशोज ९, २०८३
- 0
रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ ।
वर्षाका कारण सडकमा लेदो तथा पहिरो खसेपछि राजमार्गको यातायात आवागमन प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई आवत—जावतमा कठिनाइ भएको छ ।
यसैबिच, काभ्रे जिल्लास्थित रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ ।
जलसतह बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तल्लो कटान तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







