इरानले युद्धविरामको अवधिसम्मका लागि खुलायो ‘स्ट्रेट अफ हर्मुज’, इन्धन सङ्कट समाधान हुने अपेक्षा
- बैशाख ४, २०८३
- 0
काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजमार्फत जहाज आवागमन अस्थायी रूपमा खुला गरेको जनाएको छ।
लेबनानसँग सम्बन्धित युद्धविरामको अवधिसम्मका लागि व्यावसायिक जहाजलाई सहज आवतजावत गर्न दिइएको इरानी विदेशमन्त्रीले बताएका हुन्।
यस निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। केही दिनअघि मात्र हर्मुज नखोलिए कडा कदम चाल्ने चेतावनी दिएका अमेरिका र इरानबीच तनाव रहेको थियो।
विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही मार्गबाट जाने भएकाले यसको अवस्थाले अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पार्ने गरेको छ। पछिल्लो द्वन्द्वका कारण सयौं ट्यांकर र हजारौं नाविक प्रभावित भएका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]









