ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता
- बैशाख २४, २०८१
- 0
शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।
बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।
बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










