चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १४ जनाको मृत्यु, २५ घाइते
- पुस ६, २०८०
- 0
चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट गरि १४ जनाको हत्या गरिएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।
जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको कारण बारे केही खुलाइएको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










