गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो
- मंसिर २३, २०८०
- 0
गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ।
सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागि नै भएन ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो ।
इजरायल र गाजाबीचको युद्ध जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४ सय ८० भन्दा बढी मानिस मारिएको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










