हृदयाघातका कारण चीनका पूर्वप्रधानमन्त्री ली को निधन
- कार्तिक १०, २०८०
- 0
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार राती निधन भएको छ ।
हृदयाघातका कारण उनको निधन भएको चिनियाँ मिडियाहरुले जनाएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ भने,चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ मा हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा उनको निधन भएको जनाएको छ ।
ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । ६८ वर्षीय नेता लीको गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल सकिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










