इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, केही नजरबन्दमा, अहिलेसम्म ५४५ जना घाइते

news-details

हमासले इजरायलमाथि गरेको रकेट आक्रमणमा परेर ९ जना नेपाली घाइते भएका छन् भने तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपलाीहरु कृषि अध्ययनका लागि पुगेका विद्यार्थी भएको जनाइएको  छ । उनीहरू लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको नेपाली दूतावास इजरायलले जनाएको छ ।

आक्रमणमा केही नेपाली घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमा शनिबार आकस्मिक बैठक बसेको थियो। आकस्मिक बैठकपछि एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ९ जना नेपाली आक्रमणमा परेर घाइते भएको जनाएको हो।

मन्त्रालयले इजरायलप्रति सङ्कटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो ।

हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी आक्रमणमा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया