‘चन्द्रयान–३’ को चन्द्रमामा सफलतापूर्वक अवतरण, दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्यो भारत
- भदौ ६, २०८०
- 0
भारतले चन्द्रमामा सफल रुपमा यान अवतरण गराएको छ । चन्द्रयान–३ नामक यान बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण गरेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको हो ।
श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उक्त चन्द्रयान ३ ले उडान गरेको थियो । उडान गरेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गर्दै गन्तव्यमा पुग्न सफल भएको छ ।
यससँगै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश पनि बनेको छ। यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ को ल्यान्डर चन्द्रमा पठाएको थियो तर, अवतरण क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद हुन पुगेको थियो।
चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनलेमात्रै सफलतापूर्वक अवतरण गराएका छन् । तर दक्षिणी ध्रुवमा भने भारतले पहिलो पटक अवतरण गराएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










