रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए नेपालसहित १४१ देश

news-details

संयुक्त राष्ट्र आम सभाले बिहीबार युक्रेनमा शान्ति बहालीका लागि एक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा रुसलाई युक्रेनमा युद्ध समाप्त गरेर आफ्नो सेना फिर्ता बोलाउन भनिएको छ ।

उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका छन् । भारत र चीन यो प्रस्तावमा भोटिङ प्रक्रियामा समावेश भएन । यी दुई देशलगायत ३२ देश अनुपस्थित थिए । यस्तै, रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावमा विपक्षमा मतदान गरे ।

१९३ सदस्यीय महासभाले युक्रेन र यसको समर्थकहरूको पक्षलाई स्वीकार गर्‍यो । प्रस्तावको शीर्षक ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्ति’ थियो ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । आज यो युद्धको एक वर्ष पूरा भएको छ ।

यस अवधिमा संयुक्त राष्ट्र सङ्घको महासभा, सुरक्षा परिषद् र मानवअधिकार परिषद्ले बारम्बार आक्रमणको निन्दा गर्दै सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति युक्रेनको प्रतिबद्धतालाई जोड दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया