पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

news-details

एजेन्सी पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए।

उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो। उनी लामो समयदेखि बिरामी थिए।

मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।

जनरल परवेज मुसर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए।

२००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरूद्ध महाअभियोग लैजाने निर्णय गरेपछि राजीनामा दिएका थिए।

राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया