भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
- पुस १५, २०७९
- 0
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । उनकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको हो । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्विट गरेका छन्, ‘भगवानको चरणमा गौरवमय शताब्दी…। मैले सधैँ आमामा त्रिमूर्ति महसूस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको मूर्त रूप । प्रतिबद्ध जीवन निहित छ ।’
सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् । बीबीसी
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










