श्रीलंकामा सरकार विरोधी प्रदर्शन उत्कर्षमा, राष्ट्रपतिद्वारा राजीनामाको घोषणा

news-details

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गरेका छन । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गरेका हुन ।

राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरेको समय उनी भने भवनबाट बाहिरिसकेका थिए । यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगे पनि उनको घरमा आगजनी भएका बखत त्यहाँ थिएनन ।

गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि रहेको छ । महिनौंदेखि राष्ट्रपतिको राजिनामाको माग गर्दै सर्वसाधारण सडक संघर्षमा ओर्लिएका छन् ।

प्रदर्शनकारीले आगजनी गरेपछि हिजै प्रधानमन्त्री विक्रमासिंगे पनि राजिनामा दिन सहमत भएको त्यहाँका सभामुखले जानकारी दिएका छन । शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्रीले आगामी बुधबार संसद समक्ष राजिनामा दिनेछन ।

रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया