जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

news-details

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।

नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

-रासस / सिन्ह्वा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया