जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
- असार २४, २०७९
- 0
एजेन्सी/ जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










