पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान

news-details

एजेन्सी/ पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ।

विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको छ। खानलाई पार्टीभित्रैबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न कठिन हुने अनुमान गरिएको छ। तर खानले अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन्। उनले गएराति राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने बताएका हुन्।

प्रधानमन्त्री खानले विपक्षी दलहरुले ‘विदेशी षडयन्त्र’ मार्फत् ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाए। सम्बोधन गर्दै उनले विपक्षीसँग मिलेर आफ्नोविरुद्ध विदेशबाट षड्यन्त्र रचिएको बताएका हुन्। खानले सम्पूर्ण देश विशेष गरी युवाहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्न र सडकमा आउन अपिल गरे।

विपक्षीहरुले खानलाई अविश्वासको प्रस्तावमार्फत् हटाएर शाहबाज शरीफलाई प्रधानमन्त्री बनाउने तयारीमा छन्। शाहबाज पूर्व प्रधानमन्त्री नवाज शरीफका भाई हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया