अफगानानिस्तानमा आएको भूकम्पमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

news-details

अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पश्चिमी अफगानिस्तानमा ५.९ म्याग्‍निच्यूडको भूकम्प आएको हो । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित बनेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण घर तथा भवनहरू भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको बताइएको छ । भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ । यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया