राष्ट्रसंघद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाउने प्रस्ताव पारित
- पुस ८, २०७८
- 0
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पारित गर्दै मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अनुमति दिएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन्।
नयाँ प्रस्तावको आधारमा अमेरिकाले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र तालिबान अधिकारी र उनीहरूका संस्थाहरूलाई प्रक्रियामा संलग्न हुन अनुमति दिने कुरा खामा प्रेसले उल्लेख गरेको छ ।
अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कदमको स्वागत गर्दै अफगान जनताको समर्थनमा अन्तरराष्ट्रिय समुदायसँगै एकजुट रहेको बताएका छन । यसैबीच, भारतले संकटग्रस्त देशलाई मानवीय सहायताका लागि प्रतिबन्धहरूबाट छुट दिने प्रस्तावलाई समर्थन गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










