भारतीय रक्षाध्यक्ष रावत चढेको हेलिकप्टर दुर्घटना
- मंसिर २२, २०७८
- 0
भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएको छ । तमिलनाडुकाे कुन्नुरमा सुरक्षा मामिला प्रमुख विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
रावत कुनुरबाट वालिङ्टन जाँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










