अफगानिस्तानको मस्जिदमा विष्फोट हुदा कम्तीमा ३० जनाको मृत्यु
- अशोज २९, २०७८
- 0
एजेन्सी । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विष्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।
शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विष्फोट भएको थियो । घटनामा ९० जना घाइते भएको बीबीसीले जनाएको छ ।
इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।
विष्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ । गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विष्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










