अफगानिस्तानलाई तीन करोड १० लाख डलर सहयोग गर्ने चीनको घोषणा

news-details

एजेन्सी / चीनले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ३ करोड १० लाख डलर दिने घोषणा गरेको छ।

पाकिस्तानको पहलमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीको भर्चुअल बैठकमा चिनियाँ विदेश मन्त्री वाङ यीले उक्त सहयोग घोषणा गरेका हुन्।

तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, जाडोका सामग्री र खोपका लागि सहयोग उपब्ध गारउने वाङले बताएका हुन्। उनले चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको बताए ।

तत्कालको मानवीय आवश्यकता पूर्ति र अराजकता अन्त्यका लागि चीनले तालिवान सरकारलाई सहयोग दिन लागेको चिनियाँ विदेशमन्त्री वाङको भनाइ छ ।

भर्चुअल बैठकमा रुस र भारत बाहेक अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीहरु सहभागी थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया