अमेरिकामा समुद्री आँधीमा परि ३ नेपालीसहित कम्तिमा ४६ जनाको मृत्यु

news-details

एजेन्सी / समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको संकटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी तबाहीको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।

न्यूयोर्क र न्यूजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्यूयोर्क सहरमा मात्र ३ जना नेपाली सहित १४ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया