स्लामिक स्टेटका योजनाकार मारिएको अमेरिकाको दावी
- भदौ १२, २०७८
- 0
एजेन्सी । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको र उनको मृत्यु भएको दावी गरेको छ ।
राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाले जनाएको छ ।
बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने चेतावनी दिएका थिए ।
यता, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै, पेन्टागनले पनि विमानस्थलको खतरा अझै टरिनसकेको बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










