निर्बासित तालिबान नेता सत्ता सम्हाल्न अफगानिस्तान फर्किए
- भदौ २, २०७८
- 0
एजेन्शी/ निर्बासनमा रहेका तालिबानका संस्थापक नेता करिब दश वर्षपछि अफगानिस्तान फर्केका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा उनलाई स्थानीय र तालिबान बिद्रोहीले स्वागत गरिरहेको देखिएको छ । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेनाको प्रबेशपछि बरादर निर्बासनमा गएका थिए ।
बिद्रोही संगठन तालिबानले आइतबार राजधानी काबुल शहर प्रबेश गरी राष्ट्रपति निबास नियन्त्रणमा लिएको थियो । पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा तालिबानका एक जना प्रवक्ताले मुल्लाह अब्दुल घानी बरादरसहित अन्य नेताहरु अफगानिस्तान आइपुगेको बताएका छन् । प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सदस्यहरु शान्तीपूर्ण रुपमा बस्न चाहेको बताए ।
सह संस्थापक बरादर तालिबानका उपनेता तथा राजनीतिक बिभागका प्रमुख हुन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बरादर अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पुगेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










