अफगानिस्तानका राष्ट्रपति घानीले चार वटा कार र हेलिकप्टरमा पैसा लगेको रुसको आरोप
- भदौ १, २०७८
- 0
एजेन्सी । रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेर भाग्ने क्रममा ठूलो परिमाणको रकम लिएर भागेको आरोप लगाएको छ ।
काबुलस्थित रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले घानीले चार वटा कार र हेलिकप्टरमा पैसा भरेर लगकोे दाबी गरेकी हुन् ।
हेलिकप्टरमा नअटाएको रकम विमानस्थलमै छाडिएको दाबी पनि रुसी दूतावासका अधिकारीहरुले गरेका छन् । यसअघि तालिबानले पनि काबुल विमानस्थलमा ५० लाख अमेरिकी डलर फेला परेको बताएका थिए ।
गत आइतबार अपरान्ह काबुल विमानस्थलबाट भागेका राष्ट्रपति घानी र उपराष्ट्रपति सालेह कहाँ छन् भन्ने अझै पत्तो लागेको छैन ।
यसैबीच रुसले एक वक्तव्य जारी गर्दै काबुलस्थित आफ्नो दूतावास बन्द नगर्ने जनाएको छ । तालिवानसँग सम्बन्ध बनाउने प्रयास गर्ने भन्दै रुसले दूताबास बन्द नगर्ने बताएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










