अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे
- साउन ३१, २०७८
- 0
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । उच्च स्रोतलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उहाँ ताजिकिस्तान प्रस्थान गर्नुभएको छ ।
सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ ।
तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










