तालिबान काबुलमा प्रबेश गर्न लाग्दा अफगान राष्ट्रपति घानी आकस्मिक छलफलमा
- साउन ३१, २०७८
- 0
एजेन्सी/ अफगानिस्तानका राष्ट्रपति अशरफ घानी अमेरिकी राजदूत तथा नेटोका अन्य अधिकारीहरुसँग आकस्मिक छलफलमा जुटनुभएको छ ।
बिद्रोही तालिबान काबुलमा चारैतिरबाट प्रबेश गर्ने तयारी गरिरहँदा राष्ट्रपति घानी छलफलमा जुटनुभएको हो ।
तालिबानले हिंसा सुरु गरेयता शनिबार पहिलो पटक देशबासीलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति घानीले देश अत्यन्तै खतरनाक अवस्थामा पुगेको बताउनुभएको थियो । अफगानिस्तानको सुरक्षा र प्रतिरक्षालाई मजबूत बनाउन प्रयासहरु भइरहेको उहाँले बताउनुभएको थियो ।
तर तालिबान काबुलमा प्रबेश गर्न खोज्दा तालिबानले सेनाबाट थोरै मात्रै अबरोधको सामना गर्नुपरेको छ ।
सुरक्षाकर्मी हतोत्साहित भएर तालिबानसँग भिडने स्थितिमा नरहँदा राष्ट्रपति अशरफ घानीमाथि राजिनामाका लागि दबाब बनेको छ ।
अमेरिकाले भने काबुलस्थित आफ्नो दूताबास खाली गराउने प्रकृयाका लागि पाँच हजार बढी सेना सहयोगका लागि तैनाथ गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










