अफगानिस्तानमा रक्षामन्त्रीकै आवासमा आक्रमण
- साउन २०, २०७८
- 0
एजेन्सी / अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा आक्रमण भएको छ। राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा मंगलबार राति स्थानीय समयअनुसार ८ बजेतिर बम बिस्फोट टोलो न्युज एजेन्सीले जनाएको छ।
रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन्। उनको परिवारका अरू सदस्य पनि सुरक्षित छन्।
बिस्फोटको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मीले चार जना आक्रमणकारीलाई मारेको समाचारमा जनाइएको छ।
काबुलको शिरपुर क्षेत्रमा उच्च सरकारी अधिकारीहरूका आवास बनाइएको छ।
यसैबीच मंगलबार दिउँसो काबुलमा भएको अर्को बिस्फोटमा परी चार जना सर्वसाधारणको मृत्यु भएको छ। मंगलबार दिउँसो तीन बजेतिर सार-ए-चौक क्षेत्रमा बिस्फोट भएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










