हाइटीका राष्ट्रपति जोभेनेल मोइसको आफ्नै निवासमा हत्या
- असार २३, २०७८
- 0
एजेन्सी/ हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या गरिएको छ । अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
पोर्ट–एयू–प्रिन्समा रहेको उनको निवासमा अज्ञात बन्दुकधारीहरु स्थानीय समयअनुसार १ बजे प्रवेश गरी उनको हत्या गरेको जोसेफले बताएका छन् । घटनामा प्रथम महिला पनि घाइते भएको बताइएको छ ।
५३ वर्षीय मोइस सन् २०१७ फेब्रुअरीदेखि सत्तामा रहेका थिए । उनलाई भ्रष्टाचारको आरोप लाग्दै आएको थियो भने उनको विरुद्धमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










