अमेरिकाले बन्द गर्यो दर्जनौं इरानी समाचार वेबसाइट
- असार ९, २०७८
- 0
एजेन्सी/ अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइट बन्द गरेको छ। उक्त वेबसाइटले दुष्प्रचार गरेको अमेरिकी आरोप छ।
इरानबाट सञ्चालित वेबसाइटहरुले मंगलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेको छ। अमेरिकाको अनुसन्धान ब्यूरो र वित्त विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ। परमाणु सन्धि सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाब हाल बढ्दो अवस्थामा छ।
अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी, इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि समेत अमेरिकाले पकड बनाएको छ।
मंगलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, ‘अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










