भारतमा २४ घण्टाभित्र रेकर्ड : ४ लाख १२ हजार संक्रमित भेटिए, ३९७९ को मृत्यु
- बैशाख २३, २०७८
- 0
एजेन्सी /भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् ।
बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यीमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । अर्थात् संसारभरी महामारीका कारण भएको हरेक चौथो मृत्यु भारतमा भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।
भारतमा कोरोना महामारीको आँकडाः
-पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४ लाख १२ हजार
-पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,९७९
-पछिल्लो २४ घण्टामा निको भएकाः ३.३० लाख
-हालसम्म संक्रमित भएकाः २.१० करोड
-हालसम्म निको भएकाः १.७२ करोड
-हालसम्म कूल मृत्युः २.३० लाख
-हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.६२ लाख













