अमेरिकाको कोलाराडोमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित दश जनाको मृत्यु
- चैत्र १०, २०७७
- 0
एजेन्सी । एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृत समेत छन् ।
अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिएपनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाएनन ।
अधिकारीहरुले गोली प्रहारबाट मृत्यु भएका ब्यक्तिको परिचय समेत खुलाएको छैन् । परिवारजनलाई जानकारी गराएपछि मात्रै ब्यक्तिको परिचय खुलाइने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










