म्यान्मारमा जारी हिंसामा थप ३८ जनाको मृत्यु
- चैत्र २, २०७७
- 0
एजेन्सी / सैन्य कू विरुद्ध म्यान्मारमा जारी प्रदर्शनमा थप ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएका हुन् । बाँकीको मृत्यु देशका विभिन्न भागमा भएको प्रदर्शनमा भएको हो ।
आन्दोलनकारीले चिनियाँ स्वामित्वमा रहेको एक कपडा कारखानामा आक्रमण गर्दा चिनियाँ नागरिकहरु पनि घाइते भएका छन् ।
आक्रमणलगत्तै चीन सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न म्यानमार सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ ।
कारखानामा आक्रमण भएलगत्तै सुरक्षाकर्मीले दमन सुरु गरेको बताइएको छ । फेब्रुअरी एकमा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् ।
हालसम्म १ सय २० जना भन्दाबढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सरकारले करिब एक हजार पाँच सय भन्दा बढीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










