टोकियोमा संकटकालको अवधि फेरि थपियो, संकटकाल मार्च २१ सम्म जारी
- फाल्गुन २२, २०७७
- 0
एजेन्सी / जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् ।
दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा पनि लागू हुनेछ । संकटकालको अवधि आगामी मार्च २१ तारिखसम्म थप गरिएको हो ।
सरकारद्वारा गठित टास्क फोर्ससँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय गरिएको सुगाको भनाइ छ । कोरोना महामारी नियन्त्रणमा आउन नसकेकाले संकटकाल थप गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञले दिदै आएका छन् ।
जापानमा हालसम्म कोरोनाका कारण साढे झण्डै चार लाख ३६ हजार मानिस संक्रमित भएका छन । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार भन्दा धेरै छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










