ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त
- फाल्गुन २, २०७७
- 0
अमेरिकी सिनेटले यसपटक पनि दुई तिहाई बहुमत पुर्याउन नसकेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सकेन ।
सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो ।
त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो । तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त हुनु भएको हो ।
गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










