चीनमा बीबीसी प्रसारणमा प्रतिबन्ध
- माघ ३०, २०७७
- 0
चीनले बीबीसीको प्रसारणमा देशभरी नै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरिएको हो ।
चीनले कोरोना भाइरस र चीनका अल्पसंख्यक आदिवासी वीगर समुदायका विषयमा बीबीसीले गरेको रिपोर्टिङका विषयमा आलोचना गरेको छ ।
बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ । प्रसारणमा रोक लगाउने चीनको निर्णय ब्रिटिस मिडिया सम्बन्धी नियामक निकाय अफकमले बेलायतमा प्रसारण हुने चीनिया टेलिभिजन नेटवर्क सिजिटिएनको प्रसारण लाइसेन्स उल्ट्याएपछि आएको हो ।
चीनको विश्व टेलिभिजन प्रसारण नेटवर्क सिजिटिनको बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्सलाई अफकमले उल्ट्याइदिएको छ ।
सीजीटीएनको लाइसेन्स गलत तरिकाले स्टार चाइना मिडिया लिमिटेडले राखेको तथ्य सार्वजनिक भएपछि अफकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










