अत्याधिक हावाहुरी र हिमपात : जापानमा एकैदिनमा एक सय उडान रद्द !
- माघ १७, २०७७
- 0
एजेन्सी/ जापानमा अत्याधिक हावाहुरी र हिमपातका कारण शुक्रबार एकैदिन झण्डै एक सय उडान रद्द भएका छन् । मौसमा तीव्र खराबी देखिएपछि एकै दिन यति धेरै मात्रामा उडानहरु रद्द गर्नुपरेको त्यहाँ उड्डयन अधिकारीहरूले जनाएका छन् ।
समाचार एजेन्सीहरूको अनुसार जनापानमा विशेषतः उत्तरी भू-भागमा तीव्र हावाहुरीका साथै बाक्लो हिमपात भएको थियो । सोही कारण त्यहाँका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) ले मात्रै ४६ उडान र जापान एयरलाइन्स ९जेएएल० ले ३४ उडान शुक्रबार रद्द गरेका थिए । अन्य गरी कुल ९८ वटा उडान रद्द भएको बताइएको छ ।
शुक्रबार जापानको होकाइदोमा प्रति सेकेण्ड ३० मिटरको गतिमा हावाहुरी चलेको बताइन्छ । रद्द भएका धेरै उडानहरू होकाइदो र उत्तरी होन्शुबाट हुने उडान नै रहेको अधिकारीहरुले जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










