ट्रम्पले लगाए अमेरिकामा संकटकाल
- पुस २९, २०७७
- 0
अमेरिकि राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गरेका छन ।
यही जनवरी ११ देखि २४ जनवरीसम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो । आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बनेका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।
साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










