अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लगाए कोरोनाविरुद्धको खोप
- पुस ४, २०७७
- 0
एजेन्सी / अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् खोप लगाएका हुन । पेन्सीकी श्रीमती जेरोमी अदामले पनि खोप लगाएकी छिन् ।
अमेरिकी जनताबीचमा खोपप्रतिको विश्वसनीयता जगाउनुका साथै सुरक्षा र कार्यकुशलता देखाउन उनले खोप लगाएका हुन् । खोप लगाउने क्रममा उनले कुनै अनौठो फिल नगरेको बताएका छन् ।
अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध फाइजरको खोप लगाउन थालिएको हो । अमेरिकाले मोडेर्नाको खोप पनि प्रयोगकालागि अनुमति दिएको छ । खोप ९५ प्रतिशत सुरक्षित रहेको जनाइएको छ ।
अमेरिकाले फाइजर बायोनटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् । कोरोनाका कारण अमेरिकामा तीन लाख दश हजारभन्दा बढीको मृत्यु भएको छ । एक करोड ७० लाख भन्दा बढी व्यक्ति संक्रिमत भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










