ईयूका २७ मुलुकले एकैदिन कोरोनाविरुद्धको खोप शुरु गर्ने
- पुस २, २०७७
- 0
एजेन्सी / युरोपियन युनियन ‘ईयू’का २७ राष्ट्रले एकै दिन कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु गर्ने भएका छन् । युरोपियन कमिसन अध्यक्ष उर्सुला भोन डेर लियनले ईयू राष्ट्रबीच एकताको सन्देश दिन पनि खोप अभियान एकैदिन शुरु गर्न लागिएको जानकारी दिएका हुन् ।
महामारी नियन्त्रणका लागि कुल जनसंख्याको कम्तीमा पनि सत्तरी प्रतिशतलाई खोप लगाउनुपर्ने इयुको निष्कर्ष छ । ईयूले हालसम्म कहिलेबाट खोपलाई अनुमति दिने र अभियान शुरु गर्ने भन्ने स्पष्ट पारेको छैन ।
फाइजर र बायोएनटेकको खोपलाई अनुमति दिनेबारे ईयूमा आगामी साता छलफल शुरु हुँदैछ । बेलायत र अमेरिकाले फाइजर र बायोएनटेकको खोप लगाउन शुरु गरेपछि युरोपेली मुलुकमा पनि खोप शुरु गर्न दवाब बढेको छ ।
बेलायतमा भने कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक साताभित्रै १ लाख ३७ हजार ८ सय ९७ जना मानिसले खोप लगाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










