बहराइनका प्रधानमन्त्री खालिफाको निधन
- कार्तिक २६, २०७७
- 0
बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ ।
अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचाररथ ८४ वर्षीय खालिफाको बुधबार उपचारकै क्रममा निधन भएको बहराइनको राजदरबारले जानकारी दिएको हो ।
उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने बताइएको छ । बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन् भने भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ ।
राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे । उनी संसारको सबैभन्दा लामोसमय प्रधानमन्त्री बनेका व्यक्ति हुन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










