अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि
- अशोज १६, २०७७
- 0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए ।
चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










