भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा खसाल्यो बम
- फाल्गुन १४, २०७५
- 0
भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् । उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् ।
भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन ।
१४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










