भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ
- कार्तिक ९, २०७५
- 0
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।
कांग्रेसले सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा प्रदर्शनको आयोजना गरेको थियो । यसै प्रदर्शनको क्रममा अध्यक्ष राहुल गान्धी पक्राउ परेका हुन् । विपक्षी दलले फ्रान्सबाट लडाकु बिमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ ।
विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ ।
सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच बिवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको जनाएको छ । अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










