भेनेजुयलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण
- साउन २०, २०७५
- 0
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु भने घाइते भएका छन् ।
राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।
भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले लेखेको छ । ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।
त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । –एजेन्सी
Venezuelan President Nicolas Maduro unharmed after an assassination attemp by drones pic.twitter.com/AMBZTEu6An
— China Xinhua News (@XHNews) August 5, 2018
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










