पाकिस्तानमा आज आम निर्वाचन हुँदै
- साउन ९, २०७५
- 0
पाकिस्तानमा आज संसदीय निर्वाचन हुँदैछ । दोस्रोपटक निर्वाचनमार्फत् सत्ता हस्तानतरण गर्न लागेको हो । चुनावअघिका हिंसाका कारण उच्च सुरक्षा संवेदनशीलता अपनाइएको छ ।
३० भन्दा बढी राजनीतिक दल निर्वाचनमा सहभागी छन् । १० करोड ६० लाखभन्दा बढी मतदाताले मतदान गर्दैछन् । मतदानका लागि करिब ८५ हजार मतदान केन्द्र स्थापना गरिएको छ ।
मतदाताले प्रत्येक दुर्इ सिटका लागि मतदान गर्नु पर्नेछ । एउटा राष्ट्रियसभाका लागि र अर्को प्रान्तीय सभाका लागि मतदान हुनेछ । बलोचिस्टान, खाइबर, पाकतुनखवा,पञ्जाव र सिन्ध प्रान्तमा पनि आजै मतदान हुँदैछ।
राष्ट्रियसभाका लागि कूल ३४२ सिटमा कम्तीमा १३७ सिट जित्ने पार्टीले केन्द्रमा सरकार गठन गर्न सक्छ ।
नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) र इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरिक इ इन्साफबीच यसपटक कडा टक्कर हुने आँकलन गरिएको छ ।
यस्तै बेनेजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीले नेतृत्व गरिरहेको पाकिस्तान पिपल्स पार्टी पनि प्रतिस्पर्धामा छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










