क्यानडाको रेष्टुरेन्ट बाहिर गोलीबारी : ९ जना घाइते, बन्दुकधारीको मृत्यु
- साउन ७, २०७५
- 0
क्यानडाको टोरोन्टो शहरमा गोलीबारीको खबर छ । ताजा जानकारी अनुसार ग्रीकटाउन इलाकामा ड्यानपोर्थ एभेन्युको एक रेष्टुरेन्ट बाहिर गोलीबारी भएको हो ।
टोरोन्टो पुलिसले नौ जनालाई गोली लागेको जसमा एक बालिका पनि रहेको जानकारी दिएको छ । घाइतेको स्थितीबारे केही जानकारी नभएको बताइएको छ । बन्दुकधारीको मृत्यु भएको पुलिसले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयानुसार राती १० बजे दर्जनौंपटक गोलीबारीको आवाज सुनियो ।
ग्लोबल पुलिसले टोरोन्टो पुलिसलाई उद्धृत गर्दै ९ जनालाई गोली लागेको जसमा एक बच्चा पनि समावेश भएको बताएको छ । स्रोतका अनुसार हमला गर्ने व्यक्तिले आफूलाई गोली हान्नु अघि पुलिसमाथि ओपन फायरिङ गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










