पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ विमानस्थलबाटै पक्राउ
- असार ३०, २०७५
- 0
भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।
भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए ।
२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो (एनएबी) ले पक्रेको हो ।
बीबीसीका अनुसार शरिफका बावु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










