अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा, भ्रमणको विरोधमा प्रदर्शन
- असार २९, २०७५
- 0
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण सुरु गरेका छन् । उनको दुई दिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले बेलायतस्थित रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने बताइएको छ।
ट्रम्पलाई बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकी राष्ट्रपतिका रूपमा राष्ट्रपति ट्रम्पले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ ।
दशौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पको भ्रमणका विरुद्धमा प्रदर्शन गरेका छन् । रासस/सिन्ह्वा
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










