अञ्जुु भन्छिन– ‘पसिना बगाएर छोराछोरीको भविष्य निमार्ण गर्नुु छ’
- बिन्दु अधिकारी ढकाल
- चैत्र २१, २०८२
- 0
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ सालमा कतार भ्रमण गएका बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । दुुर्लभ वन्यजीव हात्ती चितवनभन्दा फरक कतारको हावापानीमा कसरी सुुरक्षित रहलान् ? मूुल प्रश्न थियो ।
राष्ट्रिय, अन्तराष्ट्रिय ऐन र कानुुनीप्रक्रिया तथा हात्ती व्यवस्थापनका विषयहरु मिलाउन समय लाग्यो । अन्ततः रुद्रकलीसँगै खगेन्द्रप्रसादले कतार एयरवेजको कार्गो विमानमार्फत यात्रा गरे । रमाइलो पक्ष हात्तीसँगै दुुई जना माउतेहरु पनि कतार पुुगे ।
कतारको अल्ज–खोर पार्क जहाँ हात्ती राखिएको छ, त्यहाँ टिकट बेचेर वा आगन्तुुकहरुलाई हेर्ने अवसर प्रदान गरेर कतारले पर्यटक सम्बन्धि आम्दानी लिन सक्छ तर त्यो नेपाल सरकारको लागि प्रत्यक्ष पैसा फर्कने व्यवस्था भने होइन । यो कदम राजकिय सम्बन्ध मजबुुत पार्ने, मित्रता देखाउने र नेपालको जैविक विविधतालाई अन्तराष्ट्रिय रुपमा चिनाउने उदेश्यले गरिएको हो ।
यहाँ कति सम्बन्धहरु आर्थिक बलियो भएमा मात्र बाँच्ने नभए मासिने हिसाबका छन् । मानवलाई धनले बनाएको होइन, बल्कि मानिसले चाहिँ धन अर्थात् रुपैयाँ–पैसा बनाएको हो । जीवनको असली पूूँजी सीप हो । हातमा सीप भएका कोहीले भोक खप्नुु पर्दैन ।
अहोरात्र श्रममा जुुट्दाजुुट्दै पनि कसैको घर घरजस्तो भएन भने के कस्तो उपचार गर्नुु पर्छ ? असफलता त्यो अवसर हो, जसले अझै सच्चिएर अगाडि बढ्ने मौका दिन्छ । आफ्ना आवश्यकता पूूरा गर्न ‘विचरा’ शब्दले सिन्को भाँच्दैन । सकिन्छ, मलमरुपी हौसला प्रदान गरौँ । त्यो सकिँदैन सकारात्मक दृष्टिले हेरौँ । मैले कलमको माध्यमबाट उर्जा थप्ने निधो गरेँ ।
“गाउँमा हाम्रो खेतीपाती थियो । खानलाई अन्न किन्नुु पर्दैन थियो । तीन दाजुुभाइ र तीन दिदीबहिनी थियौँ । बुुवाआमा रोगी बिरामी पनि हुुनुुहुुन्थेन तर पढ्न दिनुु भएन । हेडसर घरमा आएर ‘छोरीको नाम मात्र लेखिदिनुु हामी पढाउछौँ । तपाईहरुले अरु केही चिन्ता गर्नुु पर्दैन’ भनेर पटक–पटक भन्दा पनि अभिभावकले कानमा तेल हालेरै बस्नुुभो । त्यहीँका मेरा साथीहरुले पढे, यतिखेर उनीहरु सरकारी सेवामा कार्यरत छन् ।”
“जेठाजुु हुुन्जेल बाहिरफेर जेजस्तो भए पनि घरभित्र राम्रो थियो । पेसा व्यवसाय श्रीमान्ले पनि राम्रो गर्नुुभएको थियो । २०७२ सालको विनासकारी भूूइँचालोले जेठाजुुलाई निलो अनि क्रमशः मेरो जीवनमा पनि भूुइँचालो आयो । मेरो घर भत्काउने सासुु हुुन् । छोरालाई उकास्न सिपालुु सासुु र श्रीमान्को पिटाई र कपाल भुुत्ल्याईको प्रत्यक्ष असर टाउकोभित्र नसामा दख्खल परेको छ ।”
हुुन त उनले प्रेम विवाह गरेकी थिइन् । आफूूले रोजे–खोजेको जीवनसँग ज्युुँन पाउनुु चानचुुने खुुसी होइन । शिक्षाको ज्योति पढाइ लेखाइबारे उनैले विगत पस्किन सुुरु गरिन् । “म अञ्जुु कटुुवाल । मेरो जन्मघर र कर्मघर दुुवै सिन्धुुपाल्चोक जिल्लामा पर्छ । सानो उमेरमा मावल बसेकी मैले कक्षा पाँचसम्म निर्धक्क पढेँ । मावली हजुुरबाले खुुब माया गर्नुुहुुन्थ्यो, जब उहाँको निधन भो पढ्न पाइएन, रोकियो ।”
घरको आर्थिक कमजोर भएर हो कि ? मैले अञ्जुुतिर दोस्रो प्रश्न ठेलेँ । “गाउँमा हाम्रो खेतीपाती थियो । खानलाई अन्न किन्नुु पर्दैन थियो । तीन दाजुुभाइ र तीन दिदीबहिनी थियौँ । बुुवाआमा रोगी बिरामी पनि हुुनुुहुुन्थेन तर पढ्न दिनुु भएन । हेडसर घरमा आएर ‘छोरीको नाम मात्र लेखिदिनुु हामी पढाउछौँ । तपाईहरुले अरु केही चिन्ता गर्नुु पर्दैन’ भनेर पटक–पटक भन्दा पनि अभिभावकले कानमा तेल हालेरै बस्नुुभो । त्यहीँका मेरा साथीहरुले पढे, यतिखेर उनीहरु सरकारी सेवामा कार्यरत छन् ।”
मेरो दृष्टिमा अञ्जुु पूुर्णीमाको जूून हुुन् । उनको जीवनमा औँसीको छाया पर्दा पनि मुुस्कुुराएकै छिन् । त्यो बालापनको याद छ ? “जब स्वस्थानी पूूर्णीमा सुुरु हुुन्थ्यो, हामी खोलामा गएर नुुहाउथ्यौँ । महिनाभरि चोखोनितो गरेर ब्रत बस्थ्यौँ । श्रीस्वस्थानी कथा भन्न र सुुन्न रहर गरी, गरी पढ्थ्यौँ । ब्रतको समापन घर–घरमा पूूजा लाएर राति भजन कृतन गर्दै जाग्राम बस्ने परम्परा थियो ।”
अञ्जुुलाई कुुन उमेरदेखि भविष्यबारे सुुझबुुझ पलायो । अर्थात्, जीवनको मिठो कल्पना गर्न थालिन् ? आफूू वरिपरिको वातावरणको प्रभाव हुुनुुपर्छ घरभित्र र बाहिरको काम क्रमशः सम्हाल्न थालिन् । श्रमप्रति चेतनाको बिजारोपण भएर नै अञ्जुुले गाउँ छोडिन् । “म सानोबुुवासँग काठमाडौं आएकी थिएँ । घरायसी कामदार भएर बसेँ । कसको घरथर र काँ भनेर सम्झना छैन तर महिनाको तीन सय ज्याला दिन्थे । तीन वर्षमा १० हजार कमाई भयो । त्यो पैसा लेर घर गएँ र सिलाई सिकेँ । साथै, पढाइ पनि सुुरु गरेँ । आफूूसँग भको पैसा सकिएपछि पढाइ बिट मरो ।”
अञ्जुुलाई पढ्न नपाएकोमा ठुुलो पछुुतो छ । हुुन त पढाइको भोक मार्न उमेरले छेक्दैन तर व्यवहारले थिच्छ । उस्तै परे थाप्लोमाथि थचक्क भइदिन्छ आकाश अनि त्यो बेला कसरी फेर्नुु सास ? “पढ्छुु भनेकै कारण अभिभावकबाट पिटाइ पाइन्थ्यो । फेरि, हाम्रो समयमा छोराछोरीबीच यति भेदभाव हुुन्थ्यो कि छोरा सन्तानलाई थालमा भातमुुनी घिउ हालेर खाना दिइन्थ्यो भने छोरी सन्तान सधैँ हेलाका पात्र !”
प्याजका पत्र झैँ जिन्दगीका मोडहरु छिचोल्न मैले अञ्जुुलाई नै अघि सारेँ किनभने उनको जीवन हो, पहिलो हकदार स्वयम् हुुन् । “२०६३ सालमा मेरो बिहे भयो । लभ भनेर त्यस्तो गाढा त हैन थ्यो तर उसले ‘अञ्जुु, मैले भनेको मान नत्र मर्छुु’ यही एउटा वाक्यले गलार मलाई निर्णय विन्दुुमा पुु¥यायो । त्यो कस्तो अशुुभ समय रहेछ, भाइ बितेर घर सुुनसान थियो । उसले पनि मर्छुु भन्यो । ऊ साँच्चै म¥यो भने के गर्नुु ? हुुनुुनहुुनुु डर भो मलाई ।”

विवाहलाई ईश्वरले बनाएको पवित्र जोडीको रुपमा लिइन्छ तर आजभोलि फेसबुुक, टिकटक र युुट्युुवमा पारिवारिक कलहका भिडियोहरु भाइरल हुुनुु सामान्यजस्तै बनेको छ । श्रीमान्ले सौता भित्राएका, जेठी श्रीमतीलाई घर निकाला गरेका, आमाबाउले साना छोराछोरीलाई छोडेर अर्कै–अर्कैसँग घरजम गरेका यस्ता दृश्यहरुले समाजको जग कति कमजोर हुुँदैछ भन्ने गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ ।
“२०७७ सालमा कोरोनाकाल थियो । पुुस २१ गतेको दिनदेखि श्रीमान्सँग मेरो सम्बन्ध सकियो, ऊ मर्यो ! म त भन्छुु, कोरोनाले नै लगो ! आमाबाउ कै भूुमिकामा उभिएर छोराछोरी पढाउँदै छु । उनीहरुको पढाइ राम्रो छ । हजुरआमा र बाउ मिलेर मलाई पिटेको देखेका गिलोमाटोजस्ता बच्चाहरुको दिमागमा कति नकारात्मक असर पर्यो ? त्यो हिंसाको क्षतिपूूर्ति मैले पाउनुु पर्ने हो कि हैन ?”
महिलाको सबैभन्दा ठुुलो शत्रुु महिला नै विशेषगरी सौता ! एउटी विवाहित नारीका लागि ‘सौता’ शब्द नै यस्तो विष हो, जसले सुुन्ने बित्तिकै उसलाई क्रोधित र उग्र बनाउँछ । महिलाले अभाव, गरिबी र भोक सहन्छिन्, पहाडजस्तै दुुःखसँग जुुध्छिन् तर आफ्नो श्रीमान् अर्की महिलासँग बाँड्न कहिल्यै चाहन्नन् ।
अञ्जुुको पहिलो गर्भबाट छोरी जन्मिइन् । घरबार राम्रोसँगले चल्दै थियो । श्रीमान् गाउँबाट काठमाडौं र पछि इन्डिया गए, चप्पल कारखानामा रोजगार गर्न । त्यता दुुई वर्ष बसे र नेपाल फर्के । अनि ? पालो अञ्जुुकै, “६५ सालकी छोरी ६९ सालमा छोरो जन्मियो । मेरो बसाइ बढी गाउँमै थियो । उता खेतीपाती, घर, वस्तुुबाख्रा र हलगोरु थिए । गाईभैँसीको दूूध दैनिक दश लिटर बेच्थेँ । हप्तामा ५/६ हजार नगद आउथ्यो । श्रीमान्ले काठमाडौंमा होटल सुुरु गरेपछि एक वर्षको छोरो च्यापेर म पनि आएँ ।”
आफ्नो योजना अनुुसार व्यापार भएन भनेर अञ्जुुका श्रीमान्ले गन्थन सुुरु गरे । गाउँको घर गाईवस्तुु र खेतीपाती डुुब्न दिनुुहुुँदैन । आफ्नो स्थायी सम्पत्ति भनेको स्थायी हो, हेरचाह गर्ने ध्येय उनी पुुनः गाउँ फर्किन् । चतुुर छेकछन्दकी अञ्जुुका चम्किला आँखातिर नियाल्दै मैले सोधेँ, त्यसपछि के भयो ? “पसल घाटा गयो, ऋण लागो भन्थे । म उताबाट खसी बाख्रा कुुखुुरा जे बिक्छ, बेच्दै ऋण तिर्न यता पैसा पठाउथेँ । आफ्नो सिधा मन बरु व्यापारले हावा खाओस् तर कुुनै हालत व्यवहार नबिग्रियोस् भन्ने थियो । मेरो श्रीमान् केटीसँग लागेको कुुरो भुुसमा आगो झैँ भइसकेको रहेछ !”
बहुुविवाहले कसैको भलो गर्दैन । दाम्पत्य जीवन सुुखी/खुुसी बनाउन श्रीमान् श्रीमती दुुवैमा धैर्य, सहनशीलता, इमान्दारिता र एक–अर्काप्रतिको सम्मान हुुन जरुरी छ । सम्बन्धलाई बलियो र कसिलो बनाउन बाहिरी मानिसको प्रवेशलाई रोक्नुुपर्छ । कुुरो यथार्थ हो तर जन्मदिने आमालाई कसरी बाहिरी मानिस भन्नुु ? “सासुु छोरालाई उकास्ने अनि श्रीमान्ले मलाई भकुुर्न थालेपछि रमिता हेर्ने । हामी मिलेको देख्यो कि जुुधाइहाल्ने । बिना कारण तिललाई पहाड पारेका घटना बतार साध्य छैन ।”
अञ्जुुकै आफन्त महिलाले उनको श्रीमान् खोसिन् । त्यस घटनालाई अञ्जुु सम्झँन चाहदिनन् । “२०७७ सालमा कोरोनाकाल थियो । पुुस २१ गतेको दिनदेखि श्रीमान्सँग मेरो सम्बन्ध सकियो, ऊ म¥यो ! म त भन्छुु, कोरोनाले नै लगो ! आमाबाउ कै भूुमिकामा उभिएर छोराछोरी पढाउँदै छु । उनीहरुको पढाइ राम्रो छ । हजुरआमा र बाउ मिलेर मलाई पिटेको देखेका गिलोमाटोजस्ता बच्चाहरुको दिमागमा कति नकारात्मक असर प¥यो ? त्यो हिंसाको क्षतिपूूर्ति मैले पाउनुु पर्ने हो कि हैन ?”
“कोटेश्वर भाटभटेनी अगाडि साग लिन जाँन्छुु । छोरोलाई दिउँसो स्कुुलमा टिफिन पुु¥याउने कामसँगै डोको भरिन्छ । त्यहीँ पनि व्यापार गर्छुु र साँझ कोठा फर्कन्छुु । बिहान साग बेच्न महादेवस्थान पुुग्छुु तर त्याँ सजिलो छैन किनभने सटरवालाले फुुटपाथको विरोध गर्छन् । उनीहरुको सक्रियतामा नगरपालिका आइपुुग्छ तर म टेर्दिनँ ।”
कागजी रुपमा छोराछोरीलाई बाउले हक दियो तर व्यवहारमा छैन । होमिन्द्र बहादुुर कटुुवाल र सावित्री कटुुवालकी छोरी हुुन्, अञ्जुु । घर– माइत दुुवै मध्यम वर्गीय परिवार हुुन् । पारिवारिक हेलमेल जब श्रीमान् नै आफ्नो भएन भने सासुु ससुुरा देवर जेठाजुु नन्द आमाजू जति नै भए पनि त्यो सम्बन्धको के अर्थ ?
बाटो बदल्नुु भनेको भाग्नुु होइन, बरु सही दिशामा हिँड्नुु हो । जब श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को पीडालाई आफ्नै ठान्दैनन्, विचरा ! भनेर बोल्नुुपर्ने अवस्था सिर्जना हुुन्छ । अञ्जुुको जीवन त एउटा प्रतिनिधि उदाहरण मात्रै हो तर यो समाजमा कति अञ्जुुहरु ‘जे नहुुँनुु भैगो जात मेरो गैको’ पश्चताप्को भूमरीमा बाँचेका छन् ।
“म बिहान साग बेच्छुु । दिउँसो अफिसमा सरसफाइको काम गर्छुु । पहिला ठेलामा फलफूूल व्यापार गर्थेँ तर महानगरले दिएन । राम्रो फाइदा थियो । सागबाट धेरै फाइदा छैन तै पनि पसिना बगार छोराछोरीको भविष्य निमार्ण गर्नुु छ । छोरी बिहान कलेज पढ्छिन्, दिउँसो कपडा पसलमा काम गर्छिन् । उनैको आग्रहमा मैले घरायसी काम गर्न छोडेँ ।”
“कोटेश्वर भाटभटेनी अगाडि साग लिन जाँन्छुु । छोरोलाई दिउँसो स्कुुलमा टिफिन पुु¥याउने कामसँगै डोको भरिन्छ । त्यहीँ पनि व्यापार गर्छुु र साँझ कोठा फर्कन्छुु । बिहान साग बेच्न महादेवस्थान पुुग्छुु तर त्याँ सजिलो छैन किनभने सटरवालाले फुुटपाथको विरोध गर्छन् । उनीहरुको सक्रियतामा नगरपालिका आइपुुग्छ तर म टेर्दिनँ । ८ हजार कोठाभाडा तिर्नुुपर्छ । दुुईटा नानीहरुलाई पढाउनुु छ । बिरामी भए उपचार गर्न सस्तो छैन । हामी चै बाँच्नुु पर्दैन ?”
उनलाई सासुुले खेद्नाको कारण बुुझ्नुु थियो । ठेला व्यापार गर्दैको कुुरो ‘कमाउछे, माइतीलाई खुुवाउछे’ मुुख्य निहुुँ रहेछ, अञ्जुुले नढाटी भनिन् । त्यसो त ऊ बेला दुुईटा कोठाको भाडा कसले तिथ्र्यो ? खाद्यान्न सामाग्री कसले किन्थ्यो ? डेढ महिनादेखि नधान्ने ग्यास त्यो पनि यतिकै कोठामा आउँदैनथ्यो होला, कि आउथ्यो ? परिवारको गर्जो टार्नुु अञ्जुुको पहिलो प्रथमिकता थियो । माइत जाँदा कसरी खाली हात जानुु ? आखिर जन्मदिने बाउआमा हुुन् ।
आवश्यकता भन्दा बढी अधिनको परिणाम अञ्जुुले मनग्य हिंसा खपेको तथ्य पत्ता लाग्यो । मानवीय जीवनमा उतारचढाव नै नआउने होइन, आउछ तर मान्छेलाई पशुु नबनाउनुु । पशुु भएर पनि रुद्रकली र खगेन्द्रप्रसादको मानभाउ कहाँबाट कहाँ पुुग्यो ! हाम्रो कामना अञ्जुुको जीवनमा अब औँसीको छेको टेको नबनोस् । उनका छोराछोरी संसारकै अब्बल र सक्षम नागरिक हुुन्, बनुन् ।












